Welcome to NESAJ Homepage!

nesaj@घोर भर्तसना

आदरणीय गुरुबर्गहरु माथि लगातार हुदै गयिरहेको निंदनीय आक्रमणको घोर भर्तसना
 
        बिगत केही समय अगाडी देखि आदरणीय गुरुजन हरु माथि भएका अमानबीय, भार्त्सनायोग्य  लज्जास्पद आक्रमणका घटनाहरु
जस्तै:त्रिबीका भीशी
प्र डा मद्हब शर्मा र रेक्टर  प्रो.डा  सूर्यलाल  अमात्य माथिको आक्रमण, महेंद्र  मल्टीपल क्याम्पस इलाम का चीफ जस बहादुर  लुन्गेली माथिको आक्रमण,
बीरगंज
मा क्याम्पसका प्रमुखलाई कोठामा थुनेर स्व. बी. यु. पदाधिकारी  बाट भएको  आक्रमण] ले सभ्य समाजको परिकल्पना गर्ने हामी परदेशी नेपाली बिद्यार्थी को शिर निहुरिएको छ|
 
                 तसर्थ आगामी दिनहरुमा यस्ता क्रियाकलाप दोहोरिदै गएमा बिद्यार्थी र गुरुको सम्बन्ध र बिद्यार्थीको नैतिकताका सबलमा ठुलो प्रश्न चिह्न उठने भएको ले यस्ता क्रियाकलापको घोर भर्तसना गर्दै आगामी दिनहरुमा यस्ता निंदनीय घटन नदोहोरियुन भनि जोड़दार माग गर्दछौं |

                                                                                               
राजेंद्र पराजुली
 
नेपाली विद्यार्थी समाज जापान
सभापति  तथा नेसाज परिबार
Comments: 0 | posted by extradhun in NESAJ Activities on Friday 03 July 2009 - 07:27:38 email to someone printer friendly


nesaj@स्वर्गीय ख्याति श्रेष्ठ

नेसाजद्वारा ख्याती श्रेष्ठको परिवारमा  हार्दिक समबेदना
 
जेसिआरसी कलेज कि मेधाबी छात्रा स्वर्गीय ख्याति श्रेष्ठको बर्बरता पूर्वक हत्या गरिएकोमा क्रूर हत्यारा बिरेन्द्र श्रेष्ठ र हत्याका मतियारहरुलाई कडा भन्दा कडा सजायको माग गर्दै  आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिबारजनमा नेपाली विद्यार्थी समाज जापान (नेसाज) को तर्फबाट हार्दिक समबेदना ब्यक्त गर्दछु |
 
भाबी दिनहरुमा यस्ता घटना नदोहोरिउन भनी शान्ति सुरक्षाको ग्यारेन्टीको साथै क्यासिनोमा नेपालीको  सहज पहुचको अन्त्यको लागि सरकारसंग नेसाज परिबार जोड़दार माग गर्दछ |
 
साथै  देश संबिधान निर्माण प्रक्रियामा रहेकोले यस्ता अपराधीको लागि कडा भन्दा कडा सजाय को ब्यबस्था गरी बिरेन्द्र श्रेष्ठ जस्ता क्रूर अपराधीको मनोबल गिराउने खालको कानून निर्माणको  लागि सम्बन्धित सबैसंग पनि नेसाज परिबार जोड़दार माग गर्दछ |
 
राजेंद्र पराजुली
 
नेपाली विद्यार्थी समाज जापान
सभापति  तथा नेसाज परिबार
Comments: 0 | posted by extradhun in NESAJ Activities on Monday 29 June 2009 - 03:57:31 email to someone printer friendly


Nesaj Patra 2009 is out....

With all your help, Nesaj Patra for this year 2009 is out and you can go through all the interesting and the informative articles in the following link:


Comments: 0 | posted by ashish in NESAJ Activities on Wednesday 25 February 2009 - 22:33:02 email to someone printer friendly


NESAJ SYMPOSIUM ON KNOWLEDGE TRANSFER

  We are proud to announce that the NESAJ knowledge transfer symposium for 2009 will take place in University of Tokyo, Tokyo, on 28th February 2009.

  Contributions are welcome in the form of paper presentations. The main theme is ?New Nepal & the role of students studying in Japan?.  The target group of the symposium is students, and we are especially inviting papers contributions by students through out Japan.

  The time to submit abstracts extends to the 15th of Feb.  2009.  The abstracts will be reviewed shortly after the deadline, and we will contact the applicants by the 3rd week of Feb. 2009.

  We kindly request you to see our flyer for more detail. Submissions of abstract must be through the email rajendra_parajuli@hotmail.com attachment. For further information on the symposium, please Click Here.

  We are looking forward to receiving your contributions and seeing you in Tokyo!

Comments: 0 | posted by ANUJ in NESAJ Activities on Tuesday 03 February 2009 - 19:48:00 email to someone printer friendly


जापानमा रहेका नेपाली बिद्यार्थीहरुको सम्मानमा नेपाली राजदुताबास जापान द्

  जापानका बिभिन्न विश्वविद्यालयमा अध्यन गरि दीक्षान्त हुने नेपाली बिद्यार्थीहरुको सम्मानमा नेपाली बिद्यार्थी समाज जापान (नेसाज) को समन्वयमा नेपाली राजदुताबास टोकियोले एक सम्मान सांझको आयोजना गर्ने भएको छ । बर्षमा दुई पटक दीक्षान्त हुने जापानी विश्वविद्यालयको परम्परालाई मध्यनजर गर्दै प्रत्यक बर्षको मार्च र सेप्टेम्बर मा विश्वविद्यालयको अध्यन पुरा गरेका सम्पुर्ण जापान बासी  नेपाली बिद्यार्थीहरुलाई उक्त कार्यक्रममा भाग लिन अनुरोध गरिएको छ । यस कार्यलाई सफल पार्न सहयोग गरिदिनु हुन सम्पुर्ण जापान बासी आदरणीय बिद्यार्थी साथिहरुमा नेसाज हार्दिक अनुरोध गर्दछ । यसको लागी संपुर्ण बिद्यार्थी साथिहरुलाई आफ्नो विश्वविद्यालयको नाम, अध्यन गरेको बिषय अथवा बिभाग र कार्यक्रममा सहभागी जनाउन समर्थ वा असमर्थ समेत को जानकारी नेसाजको ई-मेल ठेगाना secretary@nesaj.org  मा पठाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
  साथै नेसाजले गत बर्ष देखी शुरु गरेको निबन्ध प्रतियोगीता अब नेसाज र राजदुतावासले संयुक्त रुपमा आयोजना गर्ने भएको कुरा पनि जानकारी गराउंदछौं  र यसको पुर्ण जानकारी भने पछि गराउने छौं । साथै यस बर्षको निबन्ध प्रतियोगिताको बिजयी प्रतियोगीलाई १५,००० ऎन पुरस्कार सहयोग गर्नु भएको मा  महामहिम राजदुत डा. गणेश योंजन तामाङ र सिटी एक्सप्रेस का तर्फबाट महेश श्रेष्ठ ज्यू लाई हार्दिक धन्यबाद दिन चाहन्छौं । 


Comments: 0 | posted by ANUJ in NESAJ Activities on Sunday 25 January 2009 - 07:13:21 email to someone printer friendly


Go to page       >>  

NESAJ News Archive

Thank you all for helping Koshi Flood Victims. ANUJ @ (12 Dec : 08:31) (NESAJ Activities)
नेसाज-डे ANUJ @ (26 Oct : 07:25) (NESAJ Activities)
NESAJDAY@ FUKUOKA ashish @ (08 Oct : 06:41) (NESAJ Activities)
Happy Bijaya Dashami and Deepawali 2065 ANUJ @ (05 Oct : 20:11) (NESAJ Activities)


News Categories